Media Network

भरतपुरमा रेणुले अग्रता लिदा विजयको मत कति ?


खबरस्टोरी संवाददाता

३ जेष्ठ २०७९,मंगलवार

चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी रेणु दाहाल र एमालेका विजय सुवेदी बीच कडा प्रतिस्पर्धा भैरहेको छ । 

१८६८३ मत गणना हुँदा एमालेका विजय सुवेदीले ६ हजार १४० मत पाएका छन्।  रेणु दाहालले  ६ हजार २२९ मत पाएकी छन् भने कांग्रेसका बागी उम्मेदवार   जगन्नाथ पौडेलले ३ हजार ३८ मत पाएका छन् ।

उपमेयरमा भने गठबन्धनतर्फका कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन् । कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ६११ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३२ मत ल्याएकी छन् ।

यहाँ एमाले र राप्रपाले तालमेल गरेका छन् । भरतुरमा हाल ५ नम्बर वडाको मत गणना जारी छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद