सत्ता गठबन्धनकी रेणुले ६ हजार ८७० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका एमाले–राप्रपा गठबन्धनबाट एमालेका विजय सुवेदीले ६ हजार ५९७ मत प्राप्त गरेका छन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३५३ मत प्राप्त गरेका छन्।
यसअघि १८ हजार ६८३ मत गणना गर्दा रेणुलाई विजयको भन्दा १०८ मतको अग्रता मिलेको थियो। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार ३५३ मत पाए। एमालेसमेतको समर्थन पाएकी राप्रपाकी हिमला गुरुङले ५ हजार ४३४ मत पाएकी छन्।अहिले वडा नम्बर ५ को गणना भइरहेको छ। यो वडामा कांग्रेसले १३७२ मत पाउँदा एमालेले १२७० पाएको छ।