Media Network

भरतपुरमा रेणुलाई लोकप्रिय मत, ३७ सय बढी मतान्तर


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेणु  दाहालले अग्रता लिइरहेकी छन् । 

पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार दाहाललाई एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् । यद्यपि दाहालको मत अन्तर भने बढ्दो क्रममा छ । 

शुक्रबार विहानसम्मको गणनाअनुसार, दाहालले २० हजार ९ सय ४२ मत प्राप्त गर्दा सुवेदीले १७ हजार १ सय ८२ मत प्राप्त गरेका छन् । अहिलेसम्म दाहाल ३ हजार ७ सय ६० मत अन्तरले अगाडि छिन् । 

उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले नै अग्रता लिएका छन् । अधिकारीले शुक्रबार विहानसम्म २२ हजार ९ सय ५२ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १३ हजार ६ सय ४६ मत प्राप्त गरेकी छन् । अधिकारी र गुरुङको भने भारी मतान्तर छ । 

भरतपुरमा माओवादीलाई मेयर छाडेपछि रुष्ट बनेका स्थानीय कांग्रेसी कार्यकर्ताका कारण यो महानगरले निकै चर्चा पाएको छ । 

भरतपुरमा भुइँकटहर चुनाव चिन्ह लिएर स्वतन्त्रबाट उठेका कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म ७ हजार ८ सय ८२ मत प्राप्त गरेका छन् । कांग्रेसको ठूलो मत काटे पनि दाहालले अघिल्लो कार्यकालमा गरेको विकास निर्माणको कामले गर्दा लोकप्रिय मत पाइरहेकी छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद