Media Network

भरतपुरमा रेनुको रफ्तार कायमै,८४ सय मतले अगाडि


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी  रेनु दाहालले ८ हजार ४९२ मतले अग्रता लिएकी छन् ।पछिल्लो अपडेट अनुसार रेनुले ३८ हजार ६५५  मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले) का विजय सुवेदीले ३० हजार १६३ मत प्राप्त गरेका छन् ।त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ६४१ मत प्राप्त गरेका छन् ।

उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई १७ हजार २७ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ४० हजार ९०० मत प्राप्त गर्दा गुरुङले २३ हजार ८७३ मत प्राप्त गरेकी छन् ।भरतपुर महानगरमा हालसम्म १ देखि १९ नम्बर वडासम्मको गणना सम्पन्न भइसकेको छ । अहिले भरतपुरका २० र २१ नम्बरको मत गणना भइरहेको छ । यस पालिकामा २९ वटा वडा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद