भरतपुरमा रेनुलाई पछ्याउदै विजय,अग्रता बढाउँदै रेणु


खबरस्टोरी संवाददाता
३ जेष्ठ २०७९, मंगलवार
भरतपुरमा रेनुलाई पछ्याउदै विजय,अग्रता बढाउँदै रेणु
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले फेरि अग्रता बढाउँदै लगेकी छन्।

मंगलबार बिहान साढे १० बजेसम्म १७ हजार ८४६ मत गणना हुँदा दाहालले ५९ मतको अग्रता बनाएकी छन्। उनले पाँच हजार ९४७ मत पाएकी छन्।त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले पाँच हजार ८८८ मत पाएका छन्। तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ९०५ मत पाएका छन्।

उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता फराकिलो पारेको छ। कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले सात हजार २५७ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले चार हजार ८२२ मत पाएकी छन्।अहिले भरतपुर वडा नं. ५ को मतगणना भइरहेको छ।