Media Network

भरतपुरमा टुंगियो भागबण्डा : कांग्रेसले २० वडा पाउने


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

भरतपुर। सत्तारुढ पाँच दलीय गठबन्धनमा भरतपुर महानगरमा वडा तहसम्म भागबन्डा भएको छ । कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष लिएको छ भने २६ नम्बर वडामा भागबन्डा मिलाउन बाँकी रहेको छ ।

सहमतिअनुसार कांग्रेसले १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडामा आफ्नो भागमा लिएको छ भने ११, १३, २४, २५,२८ नम्बर वडा पुष्पकमल दाहाल प्रचण्ड नेृतृत्वको नेकपा माओवादी केन्द्रलेले पाएको छ । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले  ९, १२ र २२ नम्बर वडा लिने गरी सहमति भएको छ । पाँच दलको गठबन्धनका जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायतले कुनै पनि वडा भागबन्डामा नपाए पनि २६ नम्बर वडाको भागबन्डा भने टुंग्याउन बाँकी छ ।


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद