Media Network

बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा विहीबार पुनः मतदान हुँदैछ । वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलेले नै बुथ कब्जा गरेको भन्दै मतदान रद्द भएको थियो । 

बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरि निर्वाचन गरिँदैछ । देशभरका ७ सय ५३ पालिकामध्ये बुढीगंगा नगरपालिकामा मात्रै जनप्रतिनिधि चयन हुन सकेको छैन । 

आजको निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न कडा सुरक्षा ब्यवस्था गरिएको छ । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद