बेलबारी मेयरमा एमाले र उपमेयर कांग्रेस विजयी


खबरस्टोरी संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार
बेलबारी मेयरमा एमाले र उपमेयर कांग्रेस विजयी
काठमाडौं । मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा कांग्रेस विजयी भएको छ । 

मेयरमा एमालेका दिलप्रसाद राई १६ हजार ४ सय २२ मत प्राप्त गरी विजयी भएका हुन् । मेयरका काँग्रेस उम्मेदवार महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६ सय २० मत ल्याए ।

उपमेयरमा काँग्रेसकी नितु थापाले १३ हजार ७ सय ३१ मत ल्याएर विजयी भएकी छिन् । निकटतम प्रतिष्पर्धी एमालेकी तिलकुमारी गौतमले १३ हजार ६ सय ५ मत ल्याइन् । 

बेलबारीमा काँग्रेसले १४, ६, ९, १० र ११ नम्बर वडामा जित हासिल गरेको छ भने एमालेले २, ३, ५, र ७ नम्बर वडा जितेको छ । यस्तै स्वतन्त्रले ८ नम्बर वडा जितेको छ । 

गत चुनावमा बहुमतसहित बेलबारीमा एमाले मेयर तथा उपमेयरमा पनि विजयी भएको थियो ।