Media Network

बालेनको ३४ हजार नाघ्दा, स्थापित र सिर्जनाको १८ हजार मत


खबरस्टोरी संवाददाता

७ जेष्ठ २०७९,शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र शाह (बालेन)को मत ३४ हजार पार गर्दा एमाले उम्मेदवार केशव स्थापित १८ हजारमा छन् । 

शनिवार अपरान्हसम्माको गणनामा बालेनले ३४ हजार १ सय ३० मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार केशव स्थापितले अहिलेसम्मको गणनामा १८ हजार ५४७ मत पाएका छन् । 

गठबन्धनबाट कांग्रेस उम्मेदवार सिर्जना सिंहको १८ हजार ४२९ मत पाएकी छन् । 

शनिबार अपरान्हसम्म ९३ हजार ६४७ मत गणना सकिएको छ । अहिलेसम्म ११ वटा वडाको गणना सकिएको छ । अहिले वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ को मतगणना एकैसाथ भइरहेको छ । मतगणना राष्ट्रिय सभागृहमा जारी छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद