Media Network

बालेनको जित सुनिश्चितः ५० हजार मत कटाए


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०७९,मंगलवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । काठमाडौं महानगरपालिकामा १ लाख ५० हजार ९०० मतगणना हुँदा उनले  ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् । 

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५० हजार ६१ मत प्राप्त गरिसकेका छन् । 

उनलाई पछ्याइरहेकी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३१ हजार २९३ मत प्राप्त गरेकी छन् । सिर्जनाले भन्दा बालेनले १८ हजार ७६८ बढी मत प्राप्त गरेका छन् । 

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले हालसम्म ३१ हजार २९३ मत प्राप्त गरेका छन् । 

यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ८ हजार ८३० मत ल्याएका छन् । 

आयोगका अनुसार अब काठमाडौं महानगरपालिकामा ४० हजार १५५ मत गणना गर्न बाँकी रहेको छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद