बालेनको मत २६ हजार नाघ्यो, १२ हजार बढी मतान्तर


खबरस्टोरी संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार
बालेनको मत २६ हजार नाघ्यो, १२ हजार बढी मतान्तर
काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन शाहले २६ हजार मत नघाएका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार शुक्रबार विहानसम्म उनले २६ हजार ७५ मत प्राप्त गरेका छन् । 

शाहलाई पछ्याइरहेका नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितको मत १२ हजार कम रहेको छ । स्थापितले अहिलेसम्म १४ हजार ५६ मत प्राप्त गरेका छन् । 

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १२ हजार ८४२ मत ल्याएकी छन् । 

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले झण्डै बालेन बराबर मत ल्याइरहेकी छन् । डंगोलले २६ हजार ६ मत पाएकी छन् ।  गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले भने अहिलेसम्म ८ हजार ४२७ मत मात्रै प्राप्त गरेका छन् । मतगणना जारी छ ।