Media Network

बालेनले कटाए ६० हजार मत, सुनिताको ६६ हजार


खबरस्टोरी संवाददाता

१२ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ६० हजार मत पार गर्दै जित नजिक पुगेका छन् । शाहले ६० हजार बढी मत पाउँदा उपमेयरकी एमाले उम्मेदवार सुनिता डंगोलले ६६ हजार मत कटाएकी छन् । 

मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले विहीबार विहानसम्म ६० हजार मत पार गरेका हुन् । 

मेयरका उम्मेदवार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापित झण्डै २० हजार मतले पछाडि छन् । विहीबार नै मतगणना सम्पन्न भई निर्वाचित घोषणा हुने सम्भावना छ । 

२०७४ को निर्वाचनमा काठमाडौं महानगरको मेयरमा एमालेका विद्या सुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत प्राप्त गरी निर्वाचित भएका थिए । 

यसअघि २०७४ को निर्वाचनमा काठमाडौं उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९ सय ५२ मत प्राप्त गरी निर्वाचित भएकी थिइन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद