मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्रप्रकाश उपाध्याय विजयी भएका छन् ।
कांग्रेसका श्रेष्ठ १८ हजार ४८९ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिष्पर्धी एमालेका मेयर पदका उमेदवार धीरज शर्मा बस्यालले १३ हजार ३२७ मत प्राप्त गरे । बस्याल ०७४को निर्वाचनमा बर्दघाटमा एमालेबाट नै मेयरमा निर्वाचित भएका थिए ।
यस्तै, उपमेयरमा गठबन्धनकै माआवादी उम्मेदवार उपाध्याय १४ हजार ५९५ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिष्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार तारा रानाले १३ हजार ८१० मत प्राप्त गरिन् ।
१६ वडा रहेको नगरपालिकामा २ वडा एमालेबाहेक सबै वडामा गठबन्धनले जितेको छ । जसमा नेपाली कांग्रेसले ११, र नेकपा एस, माओवादी केन्द्र र स्वतन्त्रले १÷१ वडा जितेका छन् ।