Media Network

चुनावी फण्डा : पाउमा पैसा राखेर ढोगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल


खबरस्टोरी संवाददाता

१९ बैशाख २०७९,सोमबार

काठमाडौँ। देशमा चुनावी माहोल चर्की रहेको समयमा  मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर ढोग गर्दै भोट मागिरहेको तस्बिर सामाजिक सञ्जालमा निकै नै भाइरल भैरहेको छ।  

चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी नै भोट मागिरहेका स्थानीयले बताएका छन् । हाकाहाकी पैसा दिएरै भोट मागिरहेको थाहा पाए पछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।

अर्कोतिर सामाजिक सञ्जालमा तस्वीर भाइरल भएपछि खनालले आफ्नो फुपूलाई ढोगेर दक्षिणा चढाएको स्पष्टिकरण दिएका छन्। उनले भनेका छन्,‘‘मेरी फुपू दिदीको हातबाट टीका लगाएपछि मैले मेरी दिदीको पाउ ढोक्दै गर्दा बिना दक्षिणा कसरी ढोग गरूँ? आादर र सम्मान गर्नु मेरो धर्म हो। यो सकारात्मक संस्कारलाई पनि प्रंचार प्रसार गरिदिनु भएकोमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद।”

तर उनले यो स्टाटस सामाजिक सञ्जालबाट हटाइसकेका छन् । उनको यो विषयको सामाजिक सञ्जालमा निकै आलोचना भएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद