Media Network

चुनावी रणनीति बनाउन बालुवाटारमा सत्ता गठबन्धन जुट्दै


खबरस्टोरी संवाददाता

२२ चैत्र २०७८,मंगलवार

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनको रणनीति बनाउन सत्तारुढ दलहरु मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुट्दैछन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बस्ने भएको हो ।

आजको बैठकमा तालमेलको मोटालिटी टुंग्याउने गरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद