चुनावी तालमेलको विषयमा पार्टीको आधिकारीक निर्णय कार्यान्वयन गरौँः महामन्त्री थापा


खबरस्टोरी संवाददाता
१६ बैशाख २०७९, शुक्रबार
चुनावी तालमेलको विषयमा पार्टीको आधिकारीक निर्णय कार्यान्वयन गरौँः महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले निर्वाचनमा तालमेल गर्ने विषयमा पार्टीको आधिकारीक निर्णयलाई आधार मानेर अगाडी बढ्न सबैलाई अनुरोध गरेका छन् । 

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने ‘पार्टी भित्र तालमेलको विषयमा जे जस्तो बहस भए पनि अब पार्टीले गरेको निर्णय अनुसार सबै अगाडी बढ्नु पर्छ । पार्टीमा बहस र छलफल हुनु स्वभाविक हो । पार्टीले गरेको आधिकारीक निर्णय सबैले पालना गरौँ ।’

थापाले निर्वाचनमा टिकट नपाएर असन्तुष्ट भएका साथिहरुलाई समेटे्र, सबै एक ढिक्का भएर पार्टीलाई विजय गराउन लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न समेत सबैलाई आग्रह गरे ।