प्रहरीका आधिकारिक तथ्यांकअनुसार दुई दिनमा लगभग डेढ लाख मानिसले काठमाडौँ छाडेका छन् भने यो सङ्ख्या अझै बढी रहेको बताइएको छ । भोलि ३० वैशाखमा स्थानीय तहको निर्वाचन मतदान हुँदैछ । त्यस्तै भोलि मतदानको दिन पास बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । त्यसैले बिहीबार रातिसम्म पनि यात्रुहरू काठमाडौंबाट बाहिरिने क्रम जारी रहने प्रहरीले जनाएको छ ।