आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’लाई पारित गरेको हो ।पारित मापदण्डअनुसार उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउनका लागि सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।
निवेदन परेमा मुख्य निर्वाचत अधिकृत वा निर्वाचन अधिकृतले उम्मेदवारको विवरण यकिन गरी त्यसै निवेदनमा सिफारिस गर्नुपर्नेछ । उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा सिफारिस दिने अधिकारीको सिफारिस लिइ त्यसैबमोजिम साधानको अनुमतिपत्र जारी गर्ने निकाय वा अधिकारीसमक्ष पत्र पेश गर्नुपर्नेछ । जसमा सवारी साधन नम्बर, सवारी साधनको किसिम, सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गर्नुपर्नेछ ।
— अनुमतिका लागि २८ गतेभित्र निवेदन दिइसक्नुपर्ने
— अत्यावश्यक सेवा र कूटनीतिक नियोगका सवारीसाधनले अनुमति लिन नपर्ने
— सहसचिवको संयोजकत्वमा सवारीसाधन अनुगमन समिति