Media Network

चितवनका कांग्रेस कार्यकर्ताको केन्द्रलाई दबाब


खबरस्टोरी संवाददाता

२९ चैत्र २०७८,मंगलवार

चितवन । चितवनको भरतपुर महानगरपालिकामा फेरि पनि नेकपा माओवादी केन्द्रलाई नदिन चितवनका कांग्रेस कार्यकर्ताले नेतृत्वलाई दबाब दिएका छन् । भरतपुर महानगरमा पुनः रेणुलाई नै दोहोर्याउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा सहमत भएपछि चितवनका स्थानीय कार्यकर्ता कांग्रेस नेतृत्वप्रति रुष्ट बनेका छन् । उनीहरुले मेयरमा आफूहरुको दाबी रहने भने पार्टी नेतृत्वलाई दबाब दिएका छन् । 

स्थानीय चुनावमा पनि मिलेर जाने निर्णय गरेका सत्ता गठबन्धनका दलले अघिल्लो चुनावमा जितेका पद यथावत् रूपमा पाउने र एमालेले जितेका पदमा भागबन्डा गर्नेबारेमा छलफल भएको छ । 

शीर्ष नेताहरुको बैठकमा कांग्रेसले नै पहिले जितेको ठाउँमा सोही पार्टीलाई दिने र गठबन्धनका दलहरुले नजितेका ठाउँमा दोस्रो हुनेलाई प्रमुख र तेस्रो मत ल्याउनेलाई उपप्रमुख दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा कांग्रेर माओवादी केन्द्र बाहेक गठबन्धनका अन्य दलहरु सहमत भएका छैनन् । 

नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको वडा नम्बर १९ का सभापति आसमान तामाङको अध्यक्षतामा मंगलबार जिल्ला पार्टी कार्यालय कमलनगरमा बसेको वडा सभापतिको बैठकले माओवादी केन्द्रलाई फेरि पनि मेयर दिन नसकिने निश्कर्ष निकालेको हो । केन्द्रले आफूखुशी निर्णय गरेमा गठबन्धनलाई नसघाउने उनीहरुको भनाई छ । 

वडा सभापतिको संयुक्त निर्णय विपरीत गठबन्धन गरिएमा भरतपुर महानगरमा मेयर, उप–मेयर र सबै वडामा अध्यक्षसहितका उम्मेदवार खडा गर्ने भरतपुर–१९ का कांग्रेस सभापति तामाङले बताए ।  

बैठकको निर्णय वडा सभापतिहरूले केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरण गरेका गरेका छन् । निर्णय बुझ्दै जिल्ला सभापति खनालले आफ्नो चाहना पनि वडा सभापतिहरूको निर्णयसँग मेल आएको बताए ।  

केन्द्र, जिल्ला र महानगरले गठबन्धन गर्ने निर्णय गरे पनि वडा सभापतिहरू कुनै पनि गठबन्धनको पक्षमा नरहने निष्कर्ष निकालेका छन् । वडा सभापतिहरूले आफूहरूले भनेको नभए गठबन्धनका सबै उम्मेदवारहरूलाई बहिस्कार गर्ने निर्णय पनि गरेका छन् । 

कांग्रेस वडा सभापतिहरुको निर्णय ः


Share:
Reaction :
ताजा समाचार
खेलकुद