Media Network

चितवनको २ पालीकामा एमालेको अग्रता, खैरहनीमा कांग्रेस र माडिमा माओवादीको अग्रता


खबरस्टोरी संवाददाता

३१ बैशाख २०७९,शनिबार

चितवन । चितवनमा इच्छा कामना गाउँपालीकाका र राप्ती नगरपालीकामा नेकपा एमालेले अग्रता लिएको छ । 

इच्छाकामनामा २०० मत गणना हुँदा एमालेका दानबहादुर गुरूङले ९४ र कांग्रेसकी गीता गुरूङले ८० मत पाएकी छन्। राप्ती नगरापलीकामा एमालेका गोबिन्द प्रसाद कडेलले १५२ मत प्राप्त गर्दा गठबन्धन तर्फबाट एसका शमसेर लामाले १०३ मत प्राप्त गरेका छन् । 

खैरहनी नगरपालीकामा कांग्रेसका उम्मेदवार शशी खनियाले ९३ र एमालेका लामणडी चौधरीले ५९ मत पाएका छन् । माडिमा माओवादी केन्द्रका ऋषी काफ्लेले १४३ र एमालेकी तारा कुमारी महतोले १२७ मत पाएका छन् ।  

यी भरतपुर महानगरबाहेकका पालीकाहरु हुन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद