चितवन । चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई झिनो मतान्तरले उछिन्दै अग्रता लिएका छन् ।यतिबेला भरतपुरको वडा नम्बर २ को जारी मतगणनामा सुवेदीले दाहालसँग ३ मतको उछिनेका हुन् ।
सुवेदीले २ हजार ४ सय ६८ र दाहालले २ हजार ४ सय ६५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ८ सय ५ मत प्राप्त गरेका छन् ।उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २ हजार ७ सय १ मतले अग्रता लिएका छन् ।