आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ । सोमबार राति साढे ११ बजेतिर पाँच-छ जनाको संख्यामा आएका कांग्रेस कार्यकर्ता सिधै उनको घरमा प्रवेश गरी भण्डारीमाथि आक्रमण गरेका हुन् । घाइतेको अहिले क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको छ ।
इलाका प्रहरी कार्यालय रुपन्देहीले घटना भएको जानकारी दिँदै यस विषयमा थप अनुसन्धान भैरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी हवल्दार सुरविर बिसीले कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्ता पिटिएको जानकारीमा आएकाे बताए ।
अहिलेसम्म प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन । तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो ।