Media Network

एमाले महाधिवेशनः बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा


खबरस्टोरी संवाददाता

२९ मंसिर २०८२,आईतवार

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ । शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा भव्य उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आइतबार भृकुटीमण्डपमा सुरु हुन लागेको हो ।

महाधिवेशनमा देशभरबाट निर्वाचित र मनोनित गरी कुल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन् । केन्द्रीय कमिटीको अन्तिम बैठक सकिएपछि बन्दसत्र सुरु हुने छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । यसपछि समूह छलफल र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ । महाधिवेशन सोमवार समापन हुने गरी नयाँ केन्द्रिय कमिटी र पदाधिकारी चयन गर्ने योजना छ ।

सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने स्वयंसेवकहरू सक्रिय छन् । बन्दसत्रमा पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण र नेतृत्व चयन मुख्य एजेण्डा रहनेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद