एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता


खबरस्टोरी संवाददाता
१२ बैशाख २०७९, सोमबार
एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता
काठमाडौं । एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । 

रत्नपार्कबाट जुलुससहित काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।  स्थापित काठमाडौं महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् भने डंगोल सन् २०११ की मिस नेवा हुन् । 

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा स्थापित काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका थिए । यसपटक पनि एमालेले पूर्वमेयर स्थापितलाई नै काठमाडौं मेयरमा अघि सारेको हो । 

डंगोलले यस अघि स्वतन्त्र रुपमा उठ्ने भनेर आफ्नो प्रतिबद्धता सार्वजनिक गरेकी थिईन् । तर नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले डंगोललाई एमालेबाट उपमेयरको टिकट दिने निर्णय गरेको थियो । उनले एमालेको यो निर्णयलाई स्वीकार गर्दै एमालेबाट नै उम्मेदवारी दर्ता गराएकी हुन् ।