एमालेको गढ भत्काउदै ओलीको गृह नगर दमकमा राप्रपा विजयी


खबरस्टोरी संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार
एमालेको गढ भत्काउदै ओलीको गृह नगर दमकमा राप्रपा विजयी
झापा । नेपका एमालेका गढ मानिएको अध्यक्ष केपी ओलीको गृह नगर रहेको झापाको दमक नगरपालीकामा राष्ट्रिय प्रजातन्त्र पार्र्टी राप्रपाका उम्मेदवार राम थापा विजयी भएका छन् । 

झापा एमाले अध्यक्ष ओलीको गृह जिल्ला हुनुको साथै ओलीको गृह नगरमा नै एमाले पराजीत भएसंगै ओलीलाई धक्का लागेको छ । 

राप्रपाका उम्मेदवार राम थापाले २७ हजार ५ सय २५ मत प्राप्त गरी विजय हुँदा नेकपा एमालेका उम्मेदवार गीता कुमारी अधिकारी पौडेलले १६ हजार ९ सय ६६ मत प्राप्त गरेकी छन् । त्यस्तै उप प्रमुखमा पनि नेपाली कांग्रेसकी उम्मेदावर रेगीना भट्टराइले १७ हजार ७२ मत प्राप्त गरी विजय भएकी छन् । भने उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५ सय ७४ मत ल्याएकी छन् । 

दमकमा एमाले विरुद्ध राप्रपासहित ६ दलिय गठबन्धन रहेको थियो ।