Media Network

एमालेको घोषणापत्र नयाँ पार्टी कार्यालयबाट आज सार्वजनिक गरिँदै


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौं । नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ को लागि घोषणापत्र शुक्रबार सार्वजनिक गर्दैछ । नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसको अवसरमा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । 

एमालेले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका लागि प्रमुख र उपप्रमुखको उम्मेद्वार शनिवार घोषणा गर्ने भएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यसैबीच, शुक्रबार नै थापाथलीमा रहेको पार्टी कार्यालय औपचारिकरुपमा स्थानान्तर गरिँदैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टी कार्यालय सार्न लागिएको हो । नयाँ पार्टी कार्यालयबाट नै घोषणापत्र सार्वजनिक गरिने बताइएको छ।

सोही कार्यक्रममा एमालेले कम्युनिस्ट यद्धाहरुलाई सम्मान गर्ने जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद