एमालेका प्रदेश सांसद चौधरीले प्रयोग गर्दै आएको सरकारी गाडी स्थानियको नियन्त्रणमा


खबरस्टोरी संवाददाता
२५ बैशाख २०७९, आईतवार
एमालेका प्रदेश सांसद चौधरीले प्रयोग गर्दै आएको सरकारी गाडी स्थानियको नियन्त्रणमा
काठमाडौँ । कैलालीमा नेकपा एमालेका प्रदेश सभा सांसद नेपालु चौधरीले प्रयोग गर्दै आएको सरकारी गाडी स्थानियहरुले नियन्त्रणमा लिएका छन् । 

चौधरीले प्रयोग गर्दै आएको से १ झ ३०७ नम्बरको गाडीमा एमालेको झण्डा प्रयोग भन्दै धनगडी उपमहानगरपालीका – १९ बाट शनिबार राति कांग्रेसका युवाहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको जनाइएको छ । 

निर्वाचन आचारसंहिता विपरित सरकारी गाडीमा पार्टीको झण्डा गाडेको भन्दै युवाहरुले गाडीलाई नियन्त्रण्मा लिएको बताएका छन् भने धनगढीका एमाले कार्यकताहरुले एमालेको बदनाम गराउनको लागि उनीहरुले नै गाडीमा झण्डा गाडेको आरोप लगाएका छन् । 

यता जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त विषयमा थप अनुसन्धन भैरहेको जनाएको छ ।