एमालेकोभन्दा १२१ बढी पालिकामा कांग्रेसले निकाल्यो जित


खबरस्टोरी संवाददाता
८ जेष्ठ २०७९, आईतवार
एमालेकोभन्दा १२१ बढी पालिकामा कांग्रेसले निकाल्यो जित
काठमाडौं स्थानीय तह निर्वाचनमा ७०३ पालिकाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा एमालेकोभन्दा १२१ बढी पालिकमा जित निकालेको छ । 

निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । 

नेपकाल एमालेले हालसम्म १९० वटा पाकिलाको प्रमुख तथा अध्यक्ष पद जितेको छ । 

मतगणना भइरहेका पालिकामध्ये १५ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो ।