Media Network

एमालेद्धारा पोखराको दुई वडामा पुनः मत गणना गर्न माग


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०७९,मंगलवार

पोखरा । नेकपा एमललेले पोखरा महानगरपालीकको दुई वटा वडामा पुनः मतगणना गर्न माग गरेको छ । 

अन्तिम परिणाम सार्वजनिक भैसकेका वडा नम्बर १८ र ३१ मा एमालेले पुनः मत गणनाको मागसहित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराएको छ । जुन वडामा नेकपा एमाले पराजीत भैसकेको छ । 

१८ नम्बर वडामा नेकपा एमालेका उम्मेदवार ३ मतले पराजीत भएका थिए भने ३१ नम्बर वडामा एक सय भन्दा बढी मतान्तर सहित नेकपा एमालेका उम्मेदवार कांग्रेसका उम्मेदवार संग पराजीत भएका थिए । 

यी वडामा धाधली भएको भन्दै नेकपा एमालेले पुनः मत गणनाको माग गरेको जनाइएको छ । ३१ नम्बर वडा एमाले नेता खगजार अधिकारीले गृह वडा हो । 

समग्र पोखराको मेयरमा भने गठबन्धन तर्फका एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको जित निश्चित भएको छ । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद