थापाको निर्वाचन क्षेत्रमा पर्ने काठमाडौँको बुढानीलकण्ठ नगरपालीकाको मेयर र उपमेयर सहित ८ वटा वडामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । वडा नम्बर १ मा नेकपा एमालेका सुरेन्द्र लामाले ८८५ मत सहित विजयी भएका छन् । उनका प्रतिस्पधी कांग्रेसका उम्मेदवार ४४३ मत ल्याएका छन् ।
२ नम्बर वडामा नेकपा एमालेका राजेन्द्र श्रेष्ठले ११६० मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार जनक थापाले ८८३ मत ल्याए । ८ नम्बर वडामा एकालेका सुमन तामाङले १५२२ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी राजनाराम थापाले १०६८ मत ल्याए । ९ नम्बर वडामा एमालेका सुमित्रा त्रिपाठी ९४८ प्राप्त गर्दा कांग्रेसका गणेश कुमार कोइरालाले ८७५ मत मात्र ल्याए । १० नम्बरमा एमालेका नवराज भट्टराईले २५८१ मत ल्याएर विजयी बन्दा काँग्रेसका डोरप्रसाद आचार्यले १३११ मत मात्रै पाए । ११ नम्बरमा एमालेका राजु अधिकारीले १२९२ मत प्राप्त गर्दा कांग्रेसका राधेश्यम अधिकारीले १२५५ मत प्राप्त गरे ।
वडा नम्बर १२ मा एमालेका सम्भु भट्टराईले १३७९ मत प्राप्त गर्दा कांग्रेसका सुनिता चालिसे ११४१ मत प्राप्त गरीन । त्यस्तै १३ नम्बरमा एमालेका टिकानारायण श्रेष्ठले १६८७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भरत श्रेष्ठले १४७३ मत प्राप्त गरे ।
थापाको क्षेत्रमा पर्ने काठमाण्डौँ महानगरपालीकाको वडा नम्बर १ मा पनि नेकपा एमालेका भरतलाल श्रेष्ठ ६२२ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका किरण श्रेष्ठ ५९८ मत ल्याएका छन् ।
२०७४ सालको संसदीय निर्वाचनमा गगन कुमार थापा यहि निर्वाचन क्षेत्रबाट चुनाव लडेर निर्वाचित भएका थिए । तर अहिलेको स्थानिय तहको निर्वाचनको नतिजालाई हेर्दा थापालाई यो क्षेत्रमा अबको संघिय निर्वाचनमा चुनौति आएको छ ।