Media Network

गोलबजार नगरपालिकाको मेयर उपमेयर एमाले निर्वाचित


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०७९,मंगलवार

काठमाडौं । सिरहाको गोलबजार नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले निर्वाचित भएको छ। 

मेयर पदमा एमालेका श्यामकुमार श्रेष्ठले ७ हजार ९ सय ८ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान मेयर समेत रहेका नेकपा माओवादी केन्द्रका देवनाथ साहले ५ हजार ७ सय १ मत प्राप्त परे । भने नेपाली कांग्रेसका राजदेव साह हलुवाईले ४ हजार ६ सय ५९ मत पाए । मेयरकै उम्मेदवार जसपाका मनोज कुमार सिंहले ३ हजार ९ सय २१ मत पाए । 

त्यस्तै, उपमेयरमा निर्वाचित एमालेकी मान्ती साहले ७७०३ मत प्राप्त गरेकी छिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी निवर्तमान उपमेयर समेत रहेकी माओवादी केन्द्रकी रेशमकुमारी थापाले ५ हजार ६४३ मत प्राप्त गरेकी छन् । 

नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार शान्ती सदायले ४ हजार ९ सय ६५ मत पाइन् भने जसपाकी शिला यादवले ३ हजार ८ सय ८३ मत ल्याइन् ।

कुल १३ वटा वडा रहेको गोलबजार नगरपालिकामा एमालेले ६ वटा, कांग्रेसले ३, माओवादी र जसपाले दुई दुई वडा जितेका छन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद