Media Network

गण्डकीबाट ११ जना तेस्राे लिंगी मतदानमा सहभागी


खबरस्टोरी संवाददाता

२९ बैशाख २०७९,बिहीबार

काठमाडौँ। गण्डकी प्रदेशबाट यहि ३० वैशाखको निर्वाचनमा झण्डै १८ लाख मतदाता सहभागी हुँदैछन् । निर्वाचन आयोगका अनुसार नाै लाख २४ हजार ९४८ महिला र आठ लाख ६४ हजार ४५२ पुरुषसहित १७ लाख ८९ हजार ४११ मतदाताले मतदान गर्न पाउँछन् । तिमध्ये ११ जना तेस्राे लिंगी पनि सहभागी छन् ।

सबैभन्दा धेरै कास्कीमा मात्र चार जना छन् । अन्नपूर्ण गाउँपालिकामा एकजना, पोखरा महानगरपालिकामा एकजना, माछापुच्छ्रेमा एक जना र रुपामा एक जना छन् । अरु विभिन्न जिल्लामा रहेका आयोगले जनाएको छ ।

यसैबीच, प्रदेशका २८५ मतदान स्थल अति संवेदनशील सूचीमा छन् । ५४६ मतदान स्थल संवेदनशील छन् भने ४२२ स्थल सामान्य रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यसवर्षको चुनावका लागि प्रदेशभरी एक हजार २५३ मतदान स्थलहरु  छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद