गण्डकीबाट ११ जना तेस्राे लिंगी मतदानमा सहभागी


खबरस्टोरी संवाददाता
२९ बैशाख २०७९, बिहीबार
गण्डकीबाट ११ जना तेस्राे लिंगी मतदानमा सहभागी
काठमाडौँ। गण्डकी प्रदेशबाट यहि ३० वैशाखको निर्वाचनमा झण्डै १८ लाख मतदाता सहभागी हुँदैछन् । निर्वाचन आयोगका अनुसार नाै लाख २४ हजार ९४८ महिला र आठ लाख ६४ हजार ४५२ पुरुषसहित १७ लाख ८९ हजार ४११ मतदाताले मतदान गर्न पाउँछन् । तिमध्ये ११ जना तेस्राे लिंगी पनि सहभागी छन् ।

सबैभन्दा धेरै कास्कीमा मात्र चार जना छन् । अन्नपूर्ण गाउँपालिकामा एकजना, पोखरा महानगरपालिकामा एकजना, माछापुच्छ्रेमा एक जना र रुपामा एक जना छन् । अरु विभिन्न जिल्लामा रहेका आयोगले जनाएको छ ।

यसैबीच, प्रदेशका २८५ मतदान स्थल अति संवेदनशील सूचीमा छन् । ५४६ मतदान स्थल संवेदनशील छन् भने ४२२ स्थल सामान्य रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यसवर्षको चुनावका लागि प्रदेशभरी एक हजार २५३ मतदान स्थलहरु  छन् ।