Media Network

गरुडा नगरपालिकाको मेयर एमाले र उपमेयर कांग्रेस विजयी


खबरस्टोरी संवाददाता

१२ जेष्ठ २०७९,बिहीबार

रौतहट । रौतहटको गरुडा नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । एमालेका मेयर उम्मेदवार कन्थमनी प्रसाद कलवार ४ हजार ५६४ मतका साथ निर्वाचित भएका हुन् । 

नेकपा एकीकृत समाजवादीका बृजकिशोर प्रसाद यादबले ४ हजार ५ सय २६ मत प्राप्त गरे । नेपाली कांग्रेसका सुनिलकुमार यादवले ४४९८ मत पाए । मेयरकै जसपा उम्मेदवार अनिल कुमार यादवले ३३५१ मत पाए । 

यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार  पुनम कुमारी चौधरी ६७०३ मत सहित निर्वाचित भइन् । निकटतम प्रतिद्वन्द्वी जसपाकी विन्दु कुमारी देवीले ४४७७ मत पाइन् । 

एकीकृत समाजवादीकी हिबजा खातुनले ४३६३ तथा एमालेकी ज्ञानकला देवी साहले २५३९ मत पाइन् । 

योसँगै नेकपा एमालेले रौतहटमा तिन वटा पालिकामा जित हात पारेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद