Media Network

गोरखामा जनता समाजवादीको एमालेसँग तालमेल


खबरस्टोरी संवाददाता

२७ बैशाख २०७९,मंगलवार

गोरखा। सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले गोरखामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग चुनावी तालमेल गरेको छ । पालुङटारमा   नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ भने उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमालेको उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको छ । 

नेकपा एमाले र जनता समाजवादीले मंगलबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै एक आपसमा सहयोग गर्ने उल्लेख गरेका छन् । विज्ञप्तीअनुसार वाडा नम्बर ६, ७ र १० मा नेकपा एमालेलाई सहयोग गर्ने र वडा नम्बर ४ र ५ मा जनता समाजवदीलाई सघाउने छन् । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद