गोरखामा जनता समाजवादीको एमालेसँग तालमेल


खबरस्टोरी संवाददाता
२७ बैशाख २०७९, मंगलवार
गोरखामा जनता समाजवादीको एमालेसँग तालमेल
गोरखा। सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले गोरखामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग चुनावी तालमेल गरेको छ । पालुङटारमा   नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ भने उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमालेको उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको छ । 

नेकपा एमाले र जनता समाजवादीले मंगलबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै एक आपसमा सहयोग गर्ने उल्लेख गरेका छन् । विज्ञप्तीअनुसार वाडा नम्बर ६, ७ र १० मा नेकपा एमालेलाई सहयोग गर्ने र वडा नम्बर ४ र ५ मा जनता समाजवदीलाई सघाउने छन् ।