Media Network

गठबन्धन बैठक ः उम्मेदवार बाँडफाँटको टुंगो लगाउन निर्देशन


खबरस्टोरी संवाददाता

२९ चैत्र २०७८,मंगलवार

काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन दिएको छ । बालुवाटारमा मंगलबार बसेको पाँच दलीय गठबन्धनको बैठकले यस्तो निर्देशन दिएको हो । नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो ।

गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकिएको छ । सत्ता गठबन्धनमा रहेका दलहरु नै चुनावमा तालमेल गरेर जाने निर्णय गरे पनि स्थानीय तहहरुमा गठबन्धनको उम्मेदवार टुंगो लाग्न सकेको छैन । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद