गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने यसअघि निर्णय गरेको थियो । उक्त निर्णय सच्याउँदै काठमाडौंमा मात्रै गठबन्धनले संयुक्त चुनावी सभा गर्ने जनाएको छ ।
गठबन्धनको सभा रोकेर कांग्रेसले देशैभर एकल चुनावी सभा गर्न लागेको हो । सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् ।
आमसभा हुने स्थान र मिति
मोरङ — २०७९ वैशाख २१ गते
धनुषा — २०७९ वैशाख २२ गते
काठमाडौं — २०७९ वैशाख २३ गते
कास्की — २०७९ वैशाख २४ गते
रुपन्देही — २०७९ वैशाख २५ गते
सुर्खेत — २०७९ वैशाख २६ गते
कैलाली — २०७९ वैशाख २७ गते