Media Network

गठबन्धनको सभास्थल डुब्यो


खबरस्टोरी संवाददाता

२२ बैशाख २०७९,बिहीबार

चितवन । सत्ता गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने भनिएको भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेको छ । सभाका लागि अघिल्लो दिन नै तयार पारिएको मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन् ।

रातभरको अविरल बर्षाका कारण सभास्थल डुबानमा परेको हो । मञ्चका पर्दा, काँग्रेस र माओवादी केन्द्रका संयुक्त झण्डाहरु पानी र हिलोमा लतपतिएको अवस्थामा पुगेका छन् । यद्यपि कार्यक्रम भने नरोकिने गठबनधन चितवनका नेताहरुले जनाएका छन् ।

भरतपुर सम्बोधनका लागि प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बुधबार नै भरतपुर पुगिसकेका छन् । भरतपुर महानगरको मेयरका लागि गठबन्धनका साझा उम्मेदवार रेनु दाहाल छिन् । आज उनकै लागि मतमाग्ने कार्यक्रम छ । जसका लागि प्रधानमन्त्री देउवाक अलावा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एस० अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुको सम्बोधन रहने जनाइएको छ । काँग्रेसको एक पक्षले चितवनमा गठबन्धन नमान्ने अडान लिइरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद