Media Network

गठबन्धनको भागबण्डा: पाँच महानगरमा कसलाई के ?


खबरस्टोरी संवाददाता

६ बैशाख २०७९,मंगलवार

काठमाडौं । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल गर्नेबारेमा केही दिनयता छलफल तीब्र भएको छ । उनीहरु उम्मेदवार मनोनयनको समय नजिकिए पनि महानगरको सिट बाँडफाँडमै अल्मलिएका छन् । सोमवार दुई दुई पटक बालुवाटारमा गठबन्धनका नेताहरुको बैठक बसेको थियो । बैठकमा पोखरा महानगरमा कांग्रेसले दाबी नछाडेपछि सहमति जुट्न सकेन । अन्य पाँच महानगरपालिकामा भने मोटोमाटी सहमति बनेको छ । 

काठमाडौं, ललितपुर र बिराटनगरमा कांग्रेसले लिने सहमति बनेको छ भने भरतपुर माओवादी केन्द्रलाई तथा वीरगञ्ज जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति बनेको छ ।

पाँच महानगरमा मेयरसहित उपमेयरको उम्मेदवार कुट पार्टीलाई दिने भन्नेमा पनि सहमति जुटेको बताइएको छ । 

काठमाडौं महानगरमा मेयर कांग्रेसले लिँदा उपमेयर एकीकृत समाजवादीलाई दिने सहमति भएको छ भने ललितपुरमा मेयर उपमेयर दुवै कांग्रेसले लिने सहमति बनेको छ ।

यसैगरी, विराटनगरमा मेयर कांग्रेसलाई दिँदा उपमेयर जसपालाई दिने सहमति जुटेको छ ।  

यस्तै, भरतपुरमा मेयर माओवादीले लिने र उपमेयर कांग्रेसलाई दिने सहमति बनेको छ । भरतपुरमा पनि कांग्रेसले दाबी गरेकाले माओवादी मेयरबाहेक सबै वडाअध्यक्ष कांग्रेसलाई दिन तयार भएको छ । 

यसैगरी, वीरगन्ज महानगरमा मेयर जसपालाई र उपमेयर कांग्रेसले लिनेगरी मोटामोटी सहमति जुटेको छ । 

यस्तै, पोखरा महानगरमा भने कांग्रेस र एकीकृत समाजवादी दुबैले दाबी छाडेका छैनन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद