Media Network

१५ घण्टापछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा


khabarstory

१० भाद्र २०७८,बिहीबार

काठमाडौँ– अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । बिहीबार बेलुकादेखि सेती दोभानमा खसेको पहिरो आज बिहान पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । बिहान साढे ५ देखि पहिरो पन्छाउन सुरु गरी करिब सवा ९ बजे दुईतर्फी सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयका निमित्त प्रमुख सूर्यबहादुर थापाले भने, “सवा ९ बजेदेखि सडक सञ्चालनमा आएको जानकारी छ । तर, अझै पनि लेदो बग्ने क्रम जारी छ । हेरौँ, कति समयसम्म सडक सञ्चालन गर्न सकिन्छ ।” सोही ठाउँको १४ किलोमा सडक चिरिएका कारण थप जोखिम बढेको ट्राफिक प्रहरीले जनाएको छ । आज बिहान करिब साढे ४ बजेतिर पाँच किलोमासमेत सुक्खा पहिरो खसेको थियो । सो पहिरो पनि पन्छाएर सडक सञ्चालनमा ल्याइएको थापाले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद