Media Network

घोराहीको मेयर उपमेयर एमाले निर्वाचित, गठबन्धन पराजित


खबरस्टोरी संवाददाता

५ जेष्ठ २०७९,बिहीबार

दाङ । दाङको घोराही उपमहानगरपालिकाको मेयर उपमेयर दुवै एमालेले जितेको छ । गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई पराजित गर्दै एमालेका नरुलाल चौधरी मेयरमा निर्बाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि मेयर चुनिएका हुन् ।

मेयर निर्वाचित चौधरीले ३१ हजार ७२८ मत प्राप्त गरे भने गठबन्धनका शर्माले २६ हजार ३६८ मत प्राप्त गरे ।  

चौधरीले ०७४ को निर्वाचनमा पनि काँग्रेसका भुपबहादुर डाँगीलाई हराएका थिए । प्रारम्भिक गणनादेखि नै शर्माले अग्रता लिँदै आए पनि अन्तिमतिर पछाडि परेका थिए । 

यस्तै, घोराही उपमेयरमा पनि एमालेकै हुमा डिसी विजयी भएकी छन् । डिसीले गठबन्धनबाट काँग्रेसका उम्मेदवार भुपबहादुर डाँगीलाई मात्र ४९ मतले पराजित गरिन् । 

घोराहीमा एमालेले १९ वटा मध्ये १३ वडा जितेको छ भने गठबन्धनबाट कांग्रेसले ५ र माओवादीले १ वडा जितेको छ । घोराहीमा काँग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद