बेलुका ६ बजेसम्मको मत परिणाम अनुसार बालेनले २९ हजार ७६० मत ल्याएर अग्रता कायमै राखेका छन् ।उनको पछिपछि रहेका एमालेका केशव स्थापितको १६ हजार मत कटेको छ । उनले १६ हजार २५ मत ल्याएका छन् ।
बालेनभन्दा स्थापित १३ हजार ७३५ मतले पछि छन् ।
तेस्रो स्थानमा रहेकी सिर्जना सिंहले १५ हजार ११० मत प्राप्त गरेकी छन् । उनी बालेनभन्दा १४ हजार ६५० मतले पछि छन् । बालेनले ३८ प्रतिशत मत ल्याउँदा केशवको २० र सिर्जनाको १९ प्रतिशत मत आएको छ ।
अहिलेसम्म काठमाडौंमा ७८ हजार ७७८ मत गणना भएको छ । अहिलेसम्म ८ वटाको मत गणना सकिएको छ भने ९ वटा वडाको गणना जारी छ ।