Media Network

३५ हजार ३४ पदमा जनप्रतिनिधि निर्वाचित, कुन दलबाट कति ?


खबरस्टोरी संवाददाता

१२ जेष्ठ २०७९,बिहीबार

काठमाडौँ। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।  निर्वाचन आयोगका अनुसार हालसम्म देशभर  ३५ हजार ३४ जना जनप्रतिनिधि चयन भएका छन्। 

प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पद गरी कुल ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो। निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए।

निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका पालिकामा सबैभन्दा बढी नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन्। त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवारबढी विजयी बनेका छन्।

 कांग्रेसका १३ हजार ७११, एमालेका ११ हजार ८४७, माओवादी केन्द्रका ५ हजार ४४, जसपाका १ हजार ५३९ र अन्य दल तथा स्वतन्त्रको तर्फबाट २ हजार ७९० जना उम्मेदवारले जितेका छन्।

आयोगका अनुसार अब १८७ जनप्रतिनिधिको परिणाम भने आउन बाँकी रहेको छ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद