८२ हजार २ सय १० जनाकाे उम्मेदवारी दर्ता


खबरस्टोरी संवाददाता
१३ बैशाख २०७९, मंगलवार
८२ हजार २ सय १० जनाकाे उम्मेदवारी दर्ता
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ । सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरण अनुसार देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गरेका छन् । 

आयोगका अनुसार नगरमा २३४३ र गाउँपालिका अध्यक्षमा २४९७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

त्यस्तै उपप्रमुखमा १४५४ र उपाध्यक्षमा १७२६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।