मेयरमा कांग्रेसका विमला राई र उपमेयरमा रमेश राउत विजयी भए । अन्तिम मतपरिणाम अनुसार विमला ६३१७ मत प्राप्त गरि विजयी भइन् । एमालेका उम्मेदवार खडेन्द्र राई ३५१ मत अन्तरले पराजित भए । खडेन्द्रले ५९६६ मत पाए ।
बिमला २०७४ को स्थानीय निर्वाचनमा उपमेयर जितेकी थिइन् ।
रमेश राउतले ५९३४ मत प्राप्त गरी उपमेयर जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमेम्बर राईले ५६६१ मत पाए । राउत अघिल्लो निर्वाचनमा वडाध्यक्ष थिए ।
११ वडा रहेको नगरपालिकाको आठ वडामा कांग्रेस, दुई वडामा एमाले र एक वडामा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् ।