हेटौडा उपमहानगरमा पाँचदलिय गठबन्धनलाई पछि पार्दै एमालेले लियो अग्रता


खबरस्टोरी संवाददाता
३१ बैशाख २०७९, शनिबार
हेटौडा उपमहानगरमा पाँचदलिय गठबन्धनलाई पछि पार्दै एमालेले लियो अग्रता
हेटौडा। हेटौडा उपमहानगरपालीकामा पाँच दलिय सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ । 

२०० मत गणना हुँदा एमालेका उम्मेदवार अनन्त पौडेलले ७१ मत प्राप्त गरेका छन् । गठबन्धनबाट मिना कुमारी लामाले ६५ र राप्रपाका दिपक सिंहले ४२ मत पाएका छन् । 

उप–मेयरमा गठबन्धनबका उम्मेदवार राजेन्द्र बानियाले ८८, एमालेकी सुमित्रा काफ्लेले ८२, राप्रपाकी इन्दीरा न्यौपानेले १२ मत पाएकी छन् । १ नम्बार वडामा भने गठबन्धनका उम्मेदवार सविन न्यौपानेले ९२, एमालेका उत्तम पौडेलले ८९ र राप्रपाका सुजन साहिले ८ मत प्राप्त गरेका छन् ।