Media Network

हेटौंडा उपमहानगरमा त्रिपक्षीय कडा भिडन्त, गठबन्धनको अग्रता कायमै


खबरस्टोरी संवाददाता

५ जेष्ठ २०७९,बिहीबार

हेटौंडा ।  हेटौंडा उपमहानगरपालिकामा गठबन्धनकी उम्मेदवार मिना लामाले अग्रता कायमै राखेकी छन् । 

हेटौंडामा ५५३८७ मत गणना हुँदा गठबन्धनबाट मिना लामाले १७ हजार ३४३ मत पाउँदा  राप्रपाका दिपक सिंहले १५ हजार ५१४ मत प्राप्त गरेका छन् ।

सिंहले गठबन्धनका उम्मेदवार लामालाई पछ्याइरहेका छन् । एमाले उम्मेदवार अनन्त पौडेलले १६ हजार १६३ मत सहित राप्रपाका सिंहलाई पछ्याइरहेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद