Media Network

हेटौंडाको एक वडामा कांग्रेसका दुई जनालाई टिकट


खबरस्टोरी संवाददाता

१२ बैशाख २०७९,सोमबार

काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको एक वडामा वडा अध्यक्षका लागि नेपाली कांग्रेसको तर्फबाट दुई जनालाई टिकट दिइएको छ । 

नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादेले दुवै जनाको टिकटमा हस्ताक्षर गरेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षका लागि रविन्द्र घिमिरे र विष्णु गोपाल महर्जनले टिकट पाएका हुन् ।

 महर्जनले निर्वाचन अधिकृतको कार्यलय हेटौंडामा उम्मेदवारी दर्ता गराइसकेका छन् भने घिमिरे जाने तयारीमा छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद