Media Network

हेटौंडामा एमालेको चुनावीसभाः अध्यक्ष ओलीले सम्बोधन गर्ने


खबरस्टोरी संवाददाता

१८ बैशाख २०७९,आईतवार

हेटौंडा । स्थानीय तह निर्वाचनको तीब्र प्रचारप्रसारमा होमिएको नेकपा एमालेले आइतबार मकवानपुरको हेटौडामा चुनावी सभा गर्दैछ । उक्त सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सम्बोधन गर्ने भएका छन् । 

एमाले मकवानपुरले हेटौंडामा आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न ओली हेटौंडा जाँदैछन् । स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर, अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा हेटौडामा हुन लागेको सभामा एमालेले मकवानपुरका १० वटै स्थानीय तहका पार्टीका उम्मेदवार, नेता, कार्यकर्तासहित पचासौं हजार कार्यकर्ता उतार्ने तयारी गरेको छ । 

हेटौंडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल ¥याली गरी हुप्राचौरमा आमसभा गरिने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद