Media Network

इटहरी उपमहानगरमा मेयर कांग्रेस, उपमेयर एमाले विजयी


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

काठमाडौं । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । 

मेयरमा गठबन्धनका कांग्रेस उम्मेदवार हेमकर्ण पौडेल ३३ हजार ४९ मतसहित निर्वाचित भए भने एमालेका यामकुमार चुङ्वाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गरे । 

यस्तै, मेयरका राप्रपा उम्मेदवार आकाश हाङ लिम्बुले ३ हजार ९ सय ८ मत प्राप्त गरे ।

यस्तै, उपमेयरमा एमालेकी संगीता कुमारी चौधरी निर्वाचित भइन् । उनले ३२ हजार ४३६ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा एसका उम्मेदवार केशवकुमार विष्टले १८ हजार ३१ मत मात्रै प्राप्त गरे । 

उपमेयरमा राप्रपाकी वविताकुमारी चौधरीले ४ हजार ७ सय १९ मत ल्याइन् भने जसपाकी यमुना गुरागाईले ३ सय ५१ मत मात्र प्राप्त गरिन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद