उनका अनुसार ढुवानीको काम धमाधम भइरहेको छ । मनाङ र मुस्ताङमा भने हेलिकोप्टरमार्फत ढुवानी गरिएको शर्माले बताए । उनका अनुसार अब भक्तपुरको मात्र मतपत्र छपाइ सक्न बाँकी छ ।
आयोगले काठमाडौंदेखि लामो दूरी रहेको जिल्लामा छिटो मतपत्र पठाउन थालेको हो । निर्वाचन आउन १३ दिन बाँकी रहँदा आयोगले मत्रपत्र छपाइ, ढुवानीसँगै अन्य निर्वाचनसम्बन्धी कामलाई तीब्रता दिएको छ ।
आयोगले स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयहरूले आजै उम्मेदवारहरूलाई निर्वाचन चिह्न पनि प्रदान गर्दै छ ।